कला


‘हंस’ लिएर आए उप्रेती

‘हंस’ लिएर आए उप्रेती

नेपालखबर
असोज १२, २०७६ आइतबार ७:४५,

डा. सञ्जीव उप्रेती दोस्रो उपन्यास ‘हंस’ सार्वजनिक भएको छ।

शनिबार प्रज्ञा भवनमा साहित्यकार नयनराज पाण्डे, कलाकार भूषिता वशिष्ठ र लेखक उप्रेतीले संयुक्त रुपमा हंसको सार्वजनिक गरेका हुन्।

उपन्यास सार्वजनिक कार्यक्रममा साहित्यकार पाण्डेले उप्रेतीलाई ‘बौलाउन’ आग्रह गरेका थिए। ‘घनचक्कर’ उपन्यासले पाठकमा ‘उप्रेती बौलाए’ भन्ने परेको र ‘हंस’ले त्यसलाई झनै बढवा दिएको संकेत गर्दै पाण्डेले उक्त आग्रह गरेका हुन्।

‘पछिल्लो समय नेपाली साहित्य लेखनमा बोलीचालीका शब्द ल्याउने क्रम बढिरहेको छ। तर, हंस उपन्यास पछिल्लो समयमा आएको बेग्लै खालको, धारको, पृथक शैलीको, पृथक शिल्पको एउटा कथा बोकेको उच्च कोटिको हो भन्नमा हिचकिचाउनु पर्दैन भन्ने लाग्छ’, पाण्डेले भने।

उपन्यासमा लेखक उप्रेतीले विश्वमा जल्दाबल्दा बनिरहेका विषय उठाएको बताए। उपन्यासमा पर्यावरण, मानव र प्राणीका विषय उठान भएको पाण्डेको भनाइ थियो। ‘हंस’मा मानव पात्र र पंक्षी पात्रको कथानकलाई समानान्तर रूपमा अगाडि बढाइएको पाण्डेको भनाइ थियो। कीर्तिपूरको टौदहलाई उपन्यासमा अद्भुत ढंगमा प्रस्तुत गरिएको उनले बताए।

साहित्यकार, प्रकाशकसमेत रहेकी उप्रेतीकी श्रीमती डा. अर्चना थापाले उपन्यास लेखनका क्रममा भएका अनुभव सुनाएकी थिइन्। उनले १२ वर्ष लगाएर सञ्जीवले उपन्यास तयार पारेको जानकारी दिइन्।

भूषिताले उपन्यासमा हाँसको कथा मात्रै नभएर मानवका कुरा पनि उल्लेख गरिएको बताइन्। उनले मानवीय आत्माको कुरा उपन्यासको केन्द्रमा रहेको बताइन्।

उप्रेतीका घनचक्कर, सिद्धान्तका कुरा, मकैको अर्कै खेती प्रकाशित छन्।

‘हंस’ उपन्यासलाई बुकहिल पब्लिकेसनले प्रकाशित गरेको हो। यो उपन्यासको मोटो गातावालाको मूल्य ५५५ र पातलो गातावालाको मूल्य ४०० रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .