कला


विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको ‘दुई मुटु’ (भिडिओ)

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको ‘दुई मुटु’ (भिडिओ)

नेपालखबर
असार १०, २०७८ बिहिबार १५:४०,

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक भएको छ। सागर अधिकारी ‘शरद’को स्वर र संगीत, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडिओ सार्वजनिक भएको हो।

माइकल चन्दले निर्देशन गरेको गीतको भिडिओमा नायिका अनु शाह र डा. उपाध्यायलाई फिचरिङ गरिएको छ। उत्सव दाहालको छायाँकन रहेको गीतको भिडिओलाई शिलन लम्सालले सम्पादन गरेका छन्।

‘गीत जति उत्कृष्ट भिडिओ पनि त्यतिकै राम्रो दर्शकमा पस्किने कोशिस गरेको छु’, निर्देशक चन्दले भने। भिडिओ डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतमा अत्यधिक माया गर्ने श्रीमती गुमाउँदाको पिडालाई निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

नेपाली गीत संगीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गरेका छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित उनले गीत संगीतका विविध ५१ विधामा विश्व रेकर्ड राखेका छन्।

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन्। उनका २४ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन्।

उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीतलगायत बिभिन्न परिवेशका गीत छन्। उनका ११ उपन्यास र तीन गीतिपुस्तक पनि प्रकाशित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad