कला


शुक्रबारदेखि राष्ट्रिय नाचघरमा गाईजात्रा महोत्सव हुँदै

शुक्रबारदेखि राष्ट्रिय नाचघरमा गाईजात्रा महोत्सव हुँदै

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ११:३४,

 सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को आयोजनामा शुक्रबारदेखि जमलस्थित राष्ट्रिय नाचघरमा ‘गाईजात्रा महोत्सव, २०७६’ सुरु हुने भएको छ।

गाईजात्रा कार्यक्रम बिहान ११ बजे, शनिबार दिउँसो २ बजे र बेलुकी ५ बजेदेखि हुनेछ भने भदौ ३ गते बेलुकी ५ बजे सुरु हुनेछ।

कार्यक्रममा हास्य कलाकारहरु दमन रुपाखेती, प्रभाकरदेव शर्मा, विष्णु सापकोटा, लक्ष्मण गाम्नाङे, कमल गाउँले, मञ्जु श्रेष्ठ, पल्पसा डंगोल, घनश्याम गौतम, सन्तोष खनाल, पुष्प राज अवस्थी, शशी थापा, राजन थापा र सुशील निरौलालगायतको प्रस्तुति रहनेछ।

गाईजात्रा कार्यक्रमको टिकटदर दुई सय, तीन सय र पाँच सय रुपैयाँ राखिएको आयोजकले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .