ad ad

कला


अरुलाई थर्काउने आफू चाहिँ मास्क पनि नलगाउने भन्दै कंगनाको ट्रोल

अरुलाई थर्काउने आफू चाहिँ मास्क पनि नलगाउने भन्दै कंगनाको ट्रोल

नेपालखबर
चैत २४, २०७७ मंगलबार १०:४,

गतवर्षको जुन १४ मा सुशान्तले आत्महत्या गरेका थिए। उनको आत्महत्यासँगै कंगनाले बलिउडमा व्याप्त नातावाद तथा क्रिपावादका कारण सुशान्त डिप्रेसनमा गएको त्यसकारण उनले आत्महत्या गरेको बताएकी थिइन्।

सुशान्तलाई एकपछि अर्को अनुबन्ध गरिसकेको चलचित्रबाट निकालिएको उदाहरुणहरु पनि भारतीय संचार माध्यममा पेश भएका थिए।

बलिउड माफियाले सुशान्तको हत्या गरेको भन्दै कंगनाले चर्को स्वरमा आवाजहरु उठाउन थालेकी छिन्। उनले चर्चित कलाकारहरुलाई नै निशाना साध्न थालेकी छन्।

यसबीचमा उनी राजनीतिक विषयमा पनि बोल्न थालेकी छिन्। उनले सरकारविरुद्ध आन्दोलनमा उत्रिएका किसानलाई आतंकवादीको संज्ञा दिएकी थिइन्। सो क्रममा किसानको पक्षमा उभिने मानिसलाई उनले ट्विटरमा आक्रमक प्रतिक्रिया दिन्थिन्।

kangana ranaut

केही समय अगाडि मात्र उनले अमेरिकी गायिका रिहानालाई वेश्याको संज्ञा दिएकी थिइन्। यसबीचमा कोरोना कहरबीच नै कंगनाले मास्क नलगाएको भिडिओ सार्वजनिक भएपछि उनी ट्रोलको शिकार बनेकी छिन्।

मानिसहरुले कंगनाले अरुलाई गैरजिम्मेवार, फटाहा भन्दै थर्काउने गरेको तर आफैंले चाहिँ गैरजिम्मेवार भएर कोरोना प्रकोपको त्रास हुँदा हुँदै मास्क नलगाएको भन्दै उनको आलोचना गरेका छन्।

इन्स्टामा सुयास राइ लेख्छन्,'दुनियाँलाइ ज्ञान दिनेमा सबैभन्दा अगाडि कंगना आफैं अज्ञानी।'

यस्तै जास्मिन चिमा लेख्छिन्,‘उनको मास्कसँगै दिमाग पनि हराएको छ।’

यतिबेला भारतमा कोरोना भाइरसको खतरा उच्चविन्दुमा पुगेको छ। दैनिक झन्डै एक लाखको हाराहारीमा त्यहाँ कोरोना संक्रमित थपिरहेका छन्।

भिडिओमा कंगना डबिङ स्टुडिओ बाहिर मास्क बिना कारबाट बाहिर निस्किएको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .