ad ad

कला


ठूलो बोइङ विमानमा अभिनेता सोनु सुदको फोटो टाँसिनुको कारण यस्तो...

ठूलो बोइङ विमानमा अभिनेता सोनु सुदको फोटो टाँसिनुको कारण यस्तो...

नेपालखबर
चैत ७, २०७७ शनिबार ८:८,

वास्तवमा सोनु सुदको समाज सेवाको उच्च सम्मान गर्दै स्पाइस जेटले सोनु सुदको फोटो आफ्नो ठूलो विमानमा टाँसेको जानकारी दिएको छ।

सोनुले कोरोना प्रकोपका बेला भारतका गरिब, मजदुरहरुको हितका लागि उल्लेखनीय काम गरेका थिए।

उनले लकडाउनका कारण घर जान नपाएका र खान नपाएकाको मद्दत गरेका थिए।

सो क्रममा उनको चर्चा यसरी चुलियो मानिसहरुले ‘जसलाई भागवानले साथ दिँदैन त्यसलाई सोनु सुदले साथ दिन्छ’ भन्ने नारा लगाउन थालेका थिए।

स्पाइस जेटको विमानमा ‘सेभियर सोनु सुद’ अर्थात् सोनु सबैका उद्धारकर्ता हुन् भनेर लेखिएको छ।

हाल सोनुले यस्तै गरिबी, अभाव र भोकमरीको चपेटामा परेकाको सहयोग गरिरहेका छन्। भारतमा मात्र नभएर सोनुको विश्वभर चर्चा चुलिएको छ।

May be an image of 1 person

Sonu Sood Temple Comes Up In Telangana; Locals Build This In His Honour |  Curly Talesसोनुको मूर्ति बनाएर उनको पुजासमेत गर्न थालिएको छ।

Humbled.. Reminds me of my journey from Moga,Punjab to Mumbai on an unreserved ticket. Miss my parents more today 🙏 FlySpiceJet

Posted by Sonu Sood on Saturday, March 20, 2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .