कला


नवगायक प्रसिद्धले ल्याए ‘भन्दै छ मन’ (भिडिओ)

नवगायक प्रसिद्धले ल्याए ‘भन्दै छ मन’ (भिडिओ)

नेपालखबर
चैत २, २०७७ सोमबार ८:८,

नवगायक प्रसिद्ध चुँडालको पहिलो गीत ‘भन्दै छ मन’ सार्वजनिक भएको छ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट प्रिमियर गरिएको गीतको भिडियो गत शुक्रबार सार्वजनिक गरिएको हो।

प्रसिद्ध चुँडाल र विरोध बुर्लाकोटीको शब्द रहेको यस गीतमा गोपाल रसाइलीको संगीत र संगीत संयोजन छ।

सफ्ट मेलोडीमा आधारित यस गीतको म्युजिक भिडियोमा मिहारिका आचार्य र कविर खड्काको अभिनय रहेको छ।

भिडियोको स्क्रिप्ट विबेक सुबेईले तयार पारेको हुन् भने यसमा शरद महतोको छायाँकन तथा आलोक शुक्लाको फोटोग्राफी निर्देशन छ। नबिन निरौलाले सम्पादन रहेको ‘भन्दै छ मन’ भिडियो निर्देशन प्रवेश पौडेलले गरेका हुन्।

निकै वर्षको मिहिनेतपछि नेपाली सांगीतिक क्षेत्रमा केही योगदान गर्ने सोचका साथ ‘भन्दै छ मन’ श्रोतासामु ल्याएको गायक प्रसिद्धको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad