ad ad

कला


मोदी तेस्रोपटक प्रधानमन्त्री बन्छन् भनेपछि कंगना सामाजिक सञ्जालमा फेरि चर्चामा

मोदी तेस्रोपटक प्रधानमन्त्री बन्छन् भनेपछि कंगना सामाजिक सञ्जालमा फेरि चर्चामा

नेपालखबर
फागुन २६, २०७७ बुधबार ११:७,

बलिउड अभिनेत्री कंगना रनवत फेरि एकपटक चर्चामा आएकी छन्।

यसपटक उनको व्यक्तिगत विषयमा नभएर सन् २०२४ को निर्वाचनलाई लिएर ट्विट गरेकी छन्। उनको ट्विटलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकहरु खुसी भएका छन्।

कंगनाले सन् २०२४ मा नरेन्द्र मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री बन्ने दाबी गरेकी छन्।

मोदी २०१४ मा पहिलोपटक र २०१९ मा दोस्रोपटक भारतका प्रधानमन्त्री बनेका थिए। कंगनाले सन् २०२४ मा पनि जित हासिल गर्दै मोदीले तेस्रो पटक सरकार सम्हाल्ने बताएकी छन्।

भारतको जीडीपी बढाउने सुझाबको प्रतिवेदनमाथि प्रतिक्रिया जनाउँदै कंगनाले भनेकी छन्, ‘नरेन्द्र मोदी २०२४ मा पनि प्रधानमन्त्री हुनेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .