ad ad

कला


अमिताभ बच्चनको अप्रेसन सम्पन्न

अमिताभ बच्चनको अप्रेसन सम्पन्न

नेपालखबर
फागुन १७, २०७७ सोमबार १०:१०,

बलिउड महानायक अमिताभ बच्चनले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो अप्रेसन हुँदै छ भन्ने जानकारी दिएपछि उनका प्रशंसकमा ठूलो चिन्ता छाएको थियो। किनकि उनले सर्जरी हुँदै छ भन्ने मात्र जानकारी दिएका थिए, तर केको कहिले भन्ने बताएका थिएनन्।

याे पनि : बलिउड अभिनेता अमिताभ बिरामी, ब्लगमा लेखे– सर्जरी...म लेख्न सक्दिनँ

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार अभिनेता बच्चनको सर्जरी सम्पन्न भएकाे छ। वास्तवमा उनको आँखा (मोतियाबिन्दु) को अप्रेसन गरिएको रहेछ !

भारतीय पत्रिका बलिउड हंगामाका अनुसार अभिनेता बच्चनका नजिकका साथीले भनेका छन्, ‘कुनै चिन्ता गर्नुपर्ने विषय होइन, उहाँको मोतियाबिन्दुको सर्जरी गरिएको हो।’

उनले अमिताभ अब २४ घण्टाभित्र घर फर्किने सम्भावना रहेको पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .