ad ad

कला


अन्ततः कार्डासियनले कान्यसँग मागिन् डिभोर्स, टुट्ने भयो चर्चित जोडीको सम्बन्ध

अन्ततः कार्डासियनले कान्यसँग मागिन् डिभोर्स, टुट्ने भयो चर्चित जोडीको सम्बन्ध

नेपालखबर
फागुन ८, २०७७ शनिबार १०:३१,

शुक्रबार कार्डासियनले सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरेको सेलिब्रिटीसँग सम्बन्धित वेबसाइट टीएमजेटले जनाएको छ।

४० वर्षकी कार्डासियनले लस एन्जलसको अदालतमा मुद्दा दायर गरेकी हुन्। उनीहरुले विवाह गरेको झन्डै ७ वर्ष भइसकेको थियो।

तर केही महिनायता उनीहरुको सम्बन्ध बिग्रिएको चर्चाहरु चलेका थिए। सो क्रममा वेस्टले कार्डासियनको घरबाट ५ सय जोडी जुत्ता लिएर निस्केको समाचारहरु आएका थिए।

वेस्ट र कार्डासियनबाट चार सन्तान जन्मिएका छन्। उनीहरुको छोरीहरुको नाम नर्थ र सिकागो हो भने छोराहरुको नाम सेन्ट र सालम हो।

उनीहरुबीचको सम्बन्धमा चिसोपना छाउनुको कारण हालसम्म पनि बताइएको छैन। यद्यपी केही समय अगाडि किमले श्रीमान कान्य वेस्ट डिप्रेसनमा रहेको बताएकी थिइन्।

वेस्ट अमेरिकाका चर्चित र्‍यापर हुन्। क्यापिटल एफएमले यसअघि कार्डासियनले अर्का र्‍यापर मिकसँग सम्बन्ध बढाएकाले वेस्टले नै सम्बन्ध विच्छेद गर्न खोजेको दाबी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .