फेब्रुअरी भर कपिलको कार्यक्रम बन्द हुने भारतीय संचार माध्यमहरुले जानकारी दिएका थिए।
कपिलले तत्काललाई ब्रेक लिएर फेरि नयाँ सिजन झनै रोमान्चक बनाउने बताइएको थियो।
यतिबेला कपिलले कार्यक्रम केही समयलाई बन्द गर्ने पुष्टि गर्दै आफ्नी श्रीमती गिनी गर्भवती भएको बताएका छन्।
उनले आफूहरु दोस्रो सन्तानको पर्खाइमा रहेको ट्वीटरमा जानकारी दिएका छन्।
— Kapil Sharma (@KapilSharmaK9) January 28, 2021Bcoz I need be there at home with my wife to welcome our second baby 😍🧿 https://t.co/wdy8Drv355
ट्वीटरमा एक फ्यानको प्रश्न ‘कार्यक्रम किन बन्द गर्न लागेको हो?’ भन्ने प्रश्नमा उत्तर दिँदै कपिलले भनेका छन्,‘किनभने हाम्रो दोस्रो बच्चालाई स्वागत गर्न म मेरी श्रीमतीसँग घरमा हुनु आवश्यक छ।’
एक वर्ष अगाडि मात्र कपिल छोरीको पिता बनेका थिए। उनीहरुको पहिलो सन्तानको नाम अनयर्या हो।

प्रतिक्रिया