कला


कंगनाविरुद्ध राजद्रोहको मुद्दा, प्रहरीमा बयानअघि भिडियो सार्वजनिक गर्दै यसो भनिन्

कंगनाविरुद्ध राजद्रोहको मुद्दा, प्रहरीमा बयानअघि भिडियो सार्वजनिक गर्दै यसो भनिन्

नेपालखबर
पुस २४, २०७७ शुक्रबार १२:१९,

पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा आइरहेकी बलिउड अभिनेत्री कंगना रनवत थप अर्को विवादमा मुछिएकी छन्।

शुक्रबार कंगनालाई बान्द्रा पुलिस स्टेशनमा उपस्थित गराइएको छ। जहाँ उनीमाथि समाजमा घृणा फैलाउने र देशद्रोहको मुद्दामाथि सोधपुछ भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

केही समयअघि बान्द्र प्रहरी चौकीमा कंगनाविरुद्ध देशद्रोहको र ट्वीटमार्फत समाजमा घृणा फैलाएको आरोपमा मुद्दा दर्ता भएको थियो।

कंगना रनौत

 कंगनाका दुई बहिनीले हिन्दू–मुस्लिमको नाममा वातावरण बिगारेको आरोप लगाउँदै कास्टिंग निर्देशक साहिल सईदले लगाएका हुन्। उनलाई देशद्रोहको मुद्दामा मुद्दा चलाइएको छ।

प्रहरी चौकी जानुअघि कंगनाले समाजिक सञ्जालमा भए भिडियो सार्वजनिक गर्दै आफूलाई विनाकारण दुःख दिइरहेको बताएकी छन्।

भिडियो सेयर गर्दै उनले क्याप्सनमा लेखेकी छन्, ‘किन मलाई मानसिक, भावनात्मक र अव शारीरिक रुपमा पीडा दिने काम भइरहेको छ? मलाई यस राष्ट्रले जवाफ दिनुपर्छ। म तपाईंका लागि लडेकी थिएँ, वा समय भएको छ तपाईं मेरालागि उठनुहोस्।’

खबरअनुसार कंगनाविरुद्ध समाजमा घृणा फैलाएको विषयमा उजुरी दर्ता भएको थियो। बान्द्रा अदालतले उजुरी दर्ता गर्न आदेश दिएपछि मुम्मइ पुलिसले कंगना र उनकी बहिनी रंगोली वयान दिनका लागि दुई पटक आदेश दिएको थियो।

कंगनाले यस उजुरीको खारेज गर्न माग गर्दै मुम्बई उच्च अदालतमा रिट दायर गरेकी थिइन्। अदालतले उजुरी रद्द गर्न इन्कार गरेको थियो। अदालतले उनलाई ८ जनवरीमा बान्द्रा प्रहरी चौकीमा उपस्थित हुन आदेश दिएको थियो।

तस्वीरें सामने आ रही हैं

अदालतको आदेश पालना गर्दै उनी शुक्रबार प्रहरी चोकीमा उपस्थित भएकी हुन्। अहिले सामाजिक सञ्जालमा उनी प्रहरीमा उपस्थित भएका तस्बिरहरु भाइरल बनेका छन्।

भारइरल फोटामो कंगना एकदम आत्मविश्वास युक्त देखिएकी छन्। उनले आफ्ना समर्थकलाई हात हल्लाउँदै गरेको तस्बिरमा देख्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad