कला


डिशहोममा रिलिज भयो चलचित्र ‘टारगेट नम्बर वान’

डिशहोममा रिलिज भयो चलचित्र ‘टारगेट नम्बर वान’

नेपालखबर
पुस २१, २०७७ मंगलबार १०:५९,

नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड चलचित्र हेर्न सकिने सुविधा ल्याएको डिशहोममा हलिउड चलचित्र ‘टारगेट नम्बर–१’ रिलिज भएको छ।

डिशहोमको सिनेमाघर इन्टरनेसनलमा मंगलबार (पुस २१ मा) ‘टारगेट नम्बर–१’ रिलिज भएको हो। दर्शकहरुले हरेक दिन उक्त चलचित्रका ६ शो हेर्न सक्नेछन्। बिहान ७ बजे र १० बजे, दिउँसो १ बजे र ४ बजे तथा साँझ ७ बजे र राति १० बजे हेर्न सकिने छ।

सिनेमाघर इन्टरनेसनल च्यानलमा नम्बर ९९९ मा भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ। हलिउड चलचित्र ‘टारगेट नम्बर वान’ हिन्दी वा अंग्रेजीमध्ये दुवै भाषामा छानेर हेर्न सकिने डिशहोम टेनटर्कले जनाएको छ।

सिनेमाघर इन्टरनेसनल च्यानल नम्बर ९९९ मा हलिउड चलचित्र ‘टारगेट नम्बर वान’ हेर्न आई.भी.आर नम्बर ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशनअनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–४२१७६६६ मा फोन गरेर, टोल फ्रि नम्बर– १६६००१२२००० मा फोन गरेर अथवा ओडी ९९९ आफ्नो क्यासिड र हेर्न चाहेको चलचित्रको शो समय टाइप गरी साधारण एसएमएस पठाएर वा नजिकैको डिशहोम बिक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुःल्कमा सिनेमाघर खुलाउन सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad