कला


अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण

अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण

नेपालखबर
पुस १९, २०७७ आइतबार १५:२४,

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)केन्द्रीय समिति तथा अनेसास नेपालले अन्तर्राष्ट्रिय कविता प्रतियोगिता २०२० का विजयीलाई पुरस्कार प्रदान गरेको छ।

सो प्रतियोगितामा राधिका गुरागाईं (विराटनगर) को ‘इन्द्रेणी सपनाहरू’ प्रथम भएको थियो भने जीवन आरोही (उदयपुर) को ‘निमन्त्रणा’ द्वितीय र केशव भट्टराई (झापा)को ‘पर्खाई’ ले तृतीय स्थान हासिल गरेको थियो। यस्तै, शुभचन्द्र राई (खोटाङ) को ‘कथाको पात्र’ र कल्पना तामाङ (कन्सास, मिजौरी, अमेरिका) को ‘विभेदको पानी’ शिर्षकका कविताले सान्त्वना स्थान हासिल गरेको थियो।

प्रतियोगितामा प्रथम कवितालाई नगद पाँच सय अमेरिकी डलर, दोस्रोलाई तीन सय डलर, तेस्रो हुनेलाई दुई सय डलर र चौथो र पाँचौ हुनेलाई एक/एक सय डलर र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रज्ञाभवन कमलादीमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभू घिमिरेले पुरस्कार प्रदान गरेका थिए।

सो प्रतियोगितामा प्रथम पुरस्कारको रकम बीओटी सदस्य तीर्थराज अधिकारी, दोस्रोको अनेसास पूर्व उपाध्यक्ष भीमसेन सापकोटा, तेस्रोको लागि वर्तमान अध्यक्ष प्रकाश पौडेल माइला र चौथोको लागि वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजा र पाँचौको लागि कार्यसमिति सदस्य निजानन्द मल्लले प्रायोजन गरेका थिए।

प्रतियोगिताको निर्णायकहरुमा क्रमशः वरिष्ठ कवि मातृका पोखरेल, प्राज्ञ डा. देवी नेपाल र समालोचक ज्ञानु अधिकारी रहेका थिए। उनीहरुलाई सोही कार्यक्रममा प्रमाणपत्र र पारिश्रमिक प्रदान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad