कला


अक्षय कुमारले तोके होस उडाउने पारिश्रमिक, ह्वात्तै बढाए

अक्षय कुमारले तोके होस उडाउने पारिश्रमिक, ह्वात्तै बढाए

एजेन्सी
पुस १३, २०७७ सोमबार १०:५८,

अक्षय कुमार बलिउडमा सबैभन्दा बढी कमाई गर्ने कलाकारमध्ये एक हुन। उनी वर्षमा सबैभन्दा बढी फिल्ममा अभिनय गर्ने कलाकारमा पनि पर्छन।

अरु कलाकारको वर्षमा एक फिल्म रिलिज हुँदा उनका ४–५ फिल्म रिलिज हुन्छ। उनका २०२१ र २०२२ मा रिलिज हुने फिल्म पनि तय भइसकेको छ।

यहीबीच अक्षयले आफ्नो पारिश्रमिक पनि बढाएका छन। बलिउड हंगामाको रिपोर्ट अनुसार अक्षयले आफ्नो पारिश्रमिक बढाउँदै १३५ भारतीय रुपैयाँ तोकेका छन।

यसअघि पनि अक्षयले आफ्नो पारिश्रमिक ९९ करोडबाट बढाएर १०८ करोड बनाएका थिए। त्यसपछि पुनः ९ करोड बढाउँदै उनले पारिश्रमिक ११७ करोड पुर्याएका थिए।

यसपटक भने उनले १८ करोड पारिश्रमिक बढाउँदै १३५ करोड पुर्याएका हुन। २०२२ मा रिलिज हुने फिल्मका लागि उनले सो पारिश्रमिक माग गरेको बलिउड हंगामाले जनाएको छ।

पछिल्लो समय उनी अभिनित फिल्मले लगातार बक्सअफिसमा राम्रो कमाई गर्न थालेपछि निर्माताहरु उनका लागि पैसा खर्च गर्न कन्जुस्याई नगर्न थालेका हुन।

अक्षयको नयाँ फिल्म सुर्यवंशी रिलिजका लागि तयार छ। त्यसपछि रिलिज हुने बेल बटम फिल्मको पनि छायांकन सकिसकोको छ। त्यसपछि अक्षयका अतरंगी रे, पृथ्वीराज, राम सेतु, मिसन लायन, रक्षा बन्धन फिल्म आगामी दुई वर्षभित्र सार्वजनिक हुनेछन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad