एक अमेरिकी किशोरीले टिकटकमा फलोअर संख्या १० करोड नघाउने पहिलो कीर्तिमान बनाएकी छन्।
कनेटिकट निवासी १६ वर्षीया चार्ली डुमिलिओ लोकप्रिय भिडिओ सेअरिङ माध्यम टिकटक चलाउन थालेको डेढ वर्षमा सर्वाधिक फलोअर बनाउन सफल भएकी हुन्।
केही दिनअघि युट्युबमा प्रकाशित एउटा भिडिओमा आफ्नो व्यवहारका कारण उनी विवादमा परेकी थिइन्।
उनको परिवारले सञ्चालन गरेको रियालिटी शृंखला ‘डिनर विथ द डुमिलिओ’ को पहिलो भागमा ती किशोरीले आफ्ना भान्सेसँग अपमानपूर्वक व्यवहार गरेको भनेर आलोचना गरिएको थियो।
त्यसपछि उनलाई ६ लाखभन्दा बढी मानिसले फलो गर्न छोडेका थिए।
तर उनले माफी माग्दै आगामी दिनमा राम्रो व्यवहार गर्ने वाचासहितको भिडिओ सार्वजनिक गरेपछि विवाद समाधान भएको थियो।
टिकटकमा कीर्तिमान बनेपछि चार्लीले आफ्ना शुभचिन्तक र प्रशंसकलाई ट्विटरमार्फत धन्यवाद दिएकी छन्।
उनले लेखेकी छन्, ‘१० करोड मानिसले मलाई फलो गरिरहेका छन्यो.... याे यथार्थ हाे भनेर पत्याउनै मुस्किल भइरहेकाे छ।’ बीबीसीबाट
प्रतिक्रिया