ad ad

कला


सञ्जय दत्त क्यान्सरबाट मुक्त, दुई दिनअघि मात्र उनले यसो भनेका थिए (भिडिओ)

सञ्जय दत्त क्यान्सरबाट मुक्त, दुई दिनअघि मात्र उनले यसो भनेका थिए (भिडिओ)

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार १:५६,

भारतीय अभिनेता सञ्जय दत्तलाई क्यान्सर ठीक भइसकेको दाबी गरिएको छ।

भारतीय पत्रिका दैनिक भास्करले लेखेको खबरअनुसार अभिनेता दत्तका निकट साथी एवं व्यापार विश्लेषक राज बंसले उक्त जानकारी दिएका हुन्। साथै कोकिलाबेन अस्‍पतालको सूत्रले पनि यसको पुष्टि गरेको दैनिक भास्करले दाबी गरेको छ।

उसका अनुसार आज बेलुकीसम्म सञ्जय दत्त र उनकी पत्नी मान्यताले यसको आधिकारिक घोषणा गर्ने सम्भावना छ।

सोमबार ६१ वर्षीय सञ्जयको पजिट्रन एमिस्सन टोमोग्रफी (पीईटी) रिपोर्ट आएको थियो। जसले उनी क्यान्सरबाट मुक्त भएको देखाएको थियो।

सञ्जयले दुई दिनअघि भनेका थिए : म क्यान्सरलाई जित्छु
दुई दिनअघि सञ्जय दत्तले एक भिडिओ सार्वजनिक गर्दै क्यान्सरलाई जित्ने आत्मविश्वास व्यक्त गरेका थिए।

जुन भिडिओ सेलिब्रिटी हेयर स्टाइलिस्ट अलिम हाकिमले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका थिए।

जसमा अभिनेता दत्तले आफ्नो कपाल काट्ने अलिमको परिचय गराउँदै र आफ्नो टाउकोको रेखा देखाउँदै भनेका थिए, ‘यदि तपाईं यो देखिरहनुभएको छ भने यो मेरो जिन्दगीका भर्खरका चिह्न हुन्, तर म यसलाई पराजित गर्छु। म क्यान्सरबाट मुक्त हुन्छु।’

हेरौं, त्यो भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .