बलिउड अभिनेत्री सोनाक्षी सिन्हा फिल्म ‘खानदानी शफाखाना’मा एक सेक्स क्लिनिक चलाउने प्रयास गर्दै गरेकी महिलाको भूमिकामा देखिने भएकी छन्।
अगस्ट २ मा रिलिज हुने यस फिल्मका लागि उनी यसरी जुटेका छिन् कि आफ्नो नामसमेत ‘बेबी बेदी’ रोखकी छन्। मानिसहरुलाई उनी सेक्सका बारेमा कुरा गर्न प्रोत्साहन गरिहेकी छन्।
ट्विटरमा उनले लेखेकी छन्, ‘अब चुप नबसौँ। कुरा त गर्नुस्। धेरै जानकारीका लागि ००९१७०६९५८८४४४० मा मिस कल गर्नुस्।
उनको ट्विटले यो नम्बरमा मिस कल गर्दा सोनाक्षीले फोन फर्काउने र सेक्सका विषयमा कुराकानी गर्ने कुराको संकेत गरेको छ। यसबारे उनले प्स्ट भने पारेकी छैनन्।
फिल्ममा आफूले निभाउने भूमिकाका लागि अनुभव बटुल्न र प्रचारका लागि उनले यसो प्रचार गरेको भारतीय मिडियाले जनाएका छन्।

प्रतिक्रिया