कला


कारभित्र चुम्बन गरेको तस्बिरले नायिका साम्राज्ञी फेरि भाइरल

कारभित्र चुम्बन गरेको तस्बिरले नायिका साम्राज्ञी फेरि भाइरल

नेपालखबर
साउन ९, २०७६ बिहिबार ८:३३,

एक साता नबित्दै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फेरि भाइरल बनेकी छन्। साताअघि मात्रै समुद्री किनारमा प्रेमीको आलिंगनमा चुम्बन गरेका कारण भाइरल बनेकी उनी यसपटक पनि फिल्मको चर्चा या कुनै अन्य कारणले नभई चुम्बनकै कारण भाइरल बनेकी हुन्।

प्रेमी देवांशु राणासँग छुट्टी मनाउन इन्डिनेसिया पुगेकी साम्राज्ञीको केही दिनअघि विकिनी अवतार बाहिर आएको थियो। बिकिनीमा उनले देवांशुसँग रोमान्स गरिरहेकी थिइन्।

यसको एक साता नबित्दै प्रेमीसँग गाडीमा चुम्बन गरेको दृश्य सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको छ। चर्चासँगै सम्राज्ञीले आफ्नो सामाजिक प्रतिष्ठाको उपमान गरेको भन्दै आलोचनासमेत सुरु भएको छ।

विकिनी तस्बिर सार्वजनिक भएर आलोचना भएपछि उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘हात्ती चले बजार कुत्ता भुके हजार।’ लगातार सम्राज्ञीका तस्बिर सार्वजनिक हुन थालेपछि उनले चर्चामा आउन यसो गरेको विश्लेषणसमेत सिने वृत्तमा हुन थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .