ad ad

कला


ड्रग्स तस्कर राहिल बिश्राम पक्राउ, थियो बलिउडका थुप्रै हस्तीहरुसँग सिधा सम्पर्क

ड्रग्स तस्कर राहिल बिश्राम पक्राउ, थियो बलिउडका थुप्रै  हस्तीहरुसँग सिधा सम्पर्क

नेपालखबर
असोज २, २०७७ शुक्रबार ७:६,

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा ड्रग्सको संलग्नतालाई लिएर अनुसन्धान गरिरहेको भारतको लागुऔषध नियन्त्रण ब्युरोले थप तीन ड्रग्स तस्कर गिरोहबारे खुलासा गरेको छ।

ब्युरोले एक ड्रग्स तस्कर राहिल बिश्रामलाई गिरफ्तारसमेत गरेको छ। प्रहरीले उनका साथबाट एक केजी उच्च क्वालिटीको ड्रग्स र चार लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ।

राहिलको रिया चक्रवर्ती र अनुज केसवानीसहित‍ ड्रग्स सेवन गर्ने बलिउडका थुप्रै हस्तीहरुसँग सिधा सम्पर्क रहेको स्रोतले जनाएको छ। राहिलको सम्बन्ध शोभिक र कैजान इब्राहिमसँग रहेको पनि ब्युरोले जनाएको छ। उनको सुशान्त मृत्यु प्रकरणमा पनि सिधा सम्बन्ध रहेको बताइएको छ।

उनको साथमा ‘मुनाला क्रिम’ नामक एक केजी महँगो ड्रग्स भेटिएपछि एनसीबीले ड्रग्स मामलामा यसबाट ठूलो खुलासा हुने अपेक्षा गरेको छ।

स्रोतका अनुसार एनसीबी आज श्रृति मोदी र नया शहालाई सोधपुछका लागि बोलाउन सक्ने छ। यसका साथै ड्रग्स मामलामा केही व्यीक्तलाई गिरफ्तार गर्ने पनि तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .