निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले छविविरुद्ध बहुविवाहको उजुरी दिएकी छन्।
हेमाले आइतबार प्रहरी वृत्त गौशालामा यपस्थित भएर छवि र शिल्पालाई विपक्षी बनाउँदै उजुरी दिएकी हुन्।
उजुरीमा पटक–पटक छविले विवाह गरेको चर्चा भए पनि आफूसँग प्रमाण नभएका कारण चुप लागेको उल्लेख गरेकी छन्।
उनले भनेकी छन्, ‘शिल्पा पोखरेलसँग विवाह गरेको विवाह दर्ताको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकाले म यो जाहेरी लिई उपस्थित भएकी छु।’
याे पनि।
हेमा र छविबीच २०४१ सालमा विवाह भएको थियो । केही दिनअघि छविले नेपालखबरसँग कुरा गर्दै हेमासँग अंशबन्डामात्र गरेको बताएका थिए।
हेमाले छवि र शिल्पालाई प्रचलित कानुन बमोजीम यथासक्य चाडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाउनसमेत आग्रह गरेकी छन्।
डिएसपी प्रदिपबहादुर सिंहले उजुरी आएको तर, जाँचबुझ गरेपछि माब दर्ता गरिने बताए । छवि र शिल्पाबीच २०७३ सालमा विवाह भएको थियो।
केही समयअघि शिल्पाले घरेलु सिंहा गरेको भन्दै छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रतिक्रिया