दुर्गेश थापाको स्वर र अभिनय रहेको ‘आलु जस्तो गायक’ गीत ट्रेन्डिङ नम्बर १ मा आएको छ।
इनाक्क्षी इन्टरटेइमेन्टले दुई दिनअघि मात्रै सार्वजनिक गरेको म्युजिक भिडियोले शनिबार साँझसम्म ८ लाखभन्दा धेरै भ्युज पाइसकेको छ ।
वसन्त थापाको शब्द रहेको गीतमा दुर्गेश थापाको स्वर र कृष्ण विकको एरेन्ज छ। म्युजिक भिडियोमा छायांकन रक कौशल, सम्पादन मिलन विश्वकर्मा र निर्देशन शिव विकले गरेका छन्।
अत्यधिक हेरीएका म्युजिक भिडियोमा कलाकार दुर्गेश थापा, सारीका केसी, पल शाह र पुस्प खड्काले अभिनय गरेका छन्।
प्रतिक्रिया