ad ad

कला


मिसेस गुरुङको ताज रवितालाई

मिसेस गुरुङको ताज रवितालाई

वाशुदेव मिश्र
साउन ५, २०७६ आइतबार ९:६,

पोखरामा आयोजित मिसेस गुरुङको उपाधी रविता गुरुङले जितेकी छन्। नाल्मा तमु समाजले आयोजना गरेको प्रतियोगितामा ११ जना प्रतिष्पर्धीलाई पछि पार्दै रविता मिसेस गुरुङ बनेकी हुन्।

बिबाहित गुरुङ महिलाहरुबीचको सौन्दर्य प्रतियोगिताको अन्तिम राउण्डमा ‘अहिलेको युवापुस्ताले तमु भाषा संस्कृतिको संरक्षण गर्न कस्तो भूमिका अपनाउनु पर्ला?’ भन्ने प्रश्नको सटिक उत्तरलले उनलाई उपाधी दिलाएको हो। रविताले ‘भाषा संस्कृति सिकाउनको लागि पहिलो पाठशाला घर भएको भन्दै सबैभन्दा पहिलो घरबाट नै यसको सुरुवात गर्नुपर्ने’ जवाफ दिएकी थिइन्।

कास्कीको मादी गाउँपालिका लंकाथर घर भएकी रविताले उपाधीसँगै हिरोको ड्युट स्कुटर र अन्य पुरस्कार हात पारिन्। तेस्रो संस्करणको मिसेस गुरुङको मोष्ट वाल्क, मोष्ट इन्टेलिजेन्ट र वेष्ट परफमेन्स गरि तीन वटा अन्य सब टाइटल पनि रविताको पोल्टामा गयो।

शनिबार अबेर सकिएको प्रतियोगितामा फष्ट रनरअप सम्झना गुरुङले उपाधीसँगै सम्झनाले मोष्ट एक्टिभ र वेष्ट हेयरको उपाधी जितिन्। यस्तै सेन्केन्ड रनरअप तनु गुरुङले मोष्ट डिसिप्लिन र वेष्ट स्माइलको उपाधी पनि हात पारिन्।

यस्तै प्रतियोगितामा वितरण गरिएको विभिन्न सब टाइटलमध्ये वेष्ट पर्सनालिटी ङोमाया गुरुङ, वेष्ट कुक र मोष्ट व्युटीफूलको उपाधी गौरी गुरुङ, वेष्ट फोटोजेनिक र मोष्ट डाइनामिकको उपाधी सीता गुरुङ, मोष्ट कन्फिडेन्ट मेघा गुरुङ, मोष्ट पपुलर सोनिया गुरुङ, मोष्ट पङच्युअल र भिओर्स च्वाइस शोभा गुरुङ, वेष्ट स्किन र मोष्ट स्टाइलिस माया गुरुङ, मोष्ट फ्रेन्डली र मोष्ट टयालेन्टको उपाधी एलिसा गुरुङले जितेका छन्

। विजयीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उपाधी प्रदान गरे। प्रतियोगिताका प्रबन्ध निर्देशक पवि गुरुङले आउँदा दिनमा प्रतियोगितालाई अझ व्यवस्थित गर्ने बताइन्।

नाल्मा तमू समाजका अध्यक्ष बुद्धिजंग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुरुङ समुदायको शान र मान बढाएको भन्दै पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .