कला


भुवन र साम्राज्ञीको विवादमा मध्यस्थता गर्न संघ तयार

भुवन र साम्राज्ञीको विवादमा मध्यस्थता गर्न संघ तयार

नेपालखबर
असार १८, २०७७ बिहिबार १४:४५,

नेपाल चलचित्र कलाकार संघले कलाकारहरुको विवाद समाधानका लागि मध्यस्थता गर्न तयार रहेको जनाएको छ।

कलाकार भुवन केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहबीच सार्वजनिक रुपमै आरोप प्रत्यारोप चलिरहेका बेला उनीहरुको नाम नलिएरै विवाद समाधानका लागि संघले अग्रसरता देखाएको हो।

‘हाल केही चलचित्र कलाकारहरुको आपसी विवाद र आक्षेप सन्दर्भमा पनि संघले प्रचारमा आएका सबै कलाकारहरुसँग सम्पर्क गरेको छ। वार्ताद्वारा समस्या समाधान गर्न आव्हान पनि गरेको छ’ अध्यक्ष रविन्द्र खड्काले विज्ञप्ति निकालेर भनेका छन्, ‘कतिपयले संघको कार्यालयमा आएर जानकारी पनि गराउनु भएको छ।’

वर्तमानमा निस्किएका आक्षेप एवं समस्या पटाक्षेप र समाधान गर्न संघ क्रियाशिल रहेको भन्दै कलाकारहरुलाई संघमा आउन पनि कलाकार संघले आह्वान गरेको छ। 

साम्राज्ञीले केहीदिन अघि एक भिडियो सार्वजनिक गर्दै भुवन केसीले आफूमाथि दुव्र्यवहार गरेको बताएकी थिइन। त्यसको जवाफमा भुवनमा बिहीबार कलाकारसंघलाई निवेदन लेखी छानविनको माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad