भारतीय राज्य कर्नाटकको राजधानी बेंगलुरुकी एक कन्नड टीभी अभिनेत्रीले शौचालय गएका बेला आफ्नो आपत्तिजनक भिडिओ खिचेर पैसा नदिए सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको भनी उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार घटना यही फेब्रुअरी ७ मा कोरमंगला इन्डोर स्टेडियममा आयोजित सेलिब्रेटी महिला क्रिकेट च्याम्पियनसिप प्रतियोगितका क्रममा भएको हो। जसमा ती टीभी अभिनेत्री पनि सहभागी थिइन्।
उजुरीअनुसार जब उनी स्टेडियमभित्र महिलाको शौचालयमा गइन्, तब एक अज्ञात व्यक्तिले उनको जानकारीबिना आपत्तिजनक भिडियो रेकर्ड गर्यो। र, भन्यो- पैसा नतिरे भिडिओ भाइरल बनाइदिन्छु।
यस विषयमा प्रहरीले फेब्रुअरी १३ मा एफआईआर दर्ता गरी अनुसन्धान सुरु गरेको छ।
सम्भवत: गोपनीयताका लागि समाचारमा अभिनेत्रीको नाम उल्लेख गरिएको छैन।
Shares

प्रतिक्रिया