कला


फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ ले प्रिमियर शोमा कस्तो पायो प्रतिक्रिया?

फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ ले प्रिमियर शोमा कस्तो पायो प्रतिक्रिया?

नेपालखबर
माघ २९, २०८२ बिहिबार १४:४०, काठमाडौँ

फागुन १ गतेबाट रिलिज हुने फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर शो गरिएको छ। बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले प्रिमियर शोमा निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझासहित चलचित्र पत्रकार र फिल्म टिम उपस्थित थिए।

सिनेमा हेरेपछि निर्देशक तुलसी घिमिरेले फिल्म समग्रमा हिपोक्रटिङ भन्दा पनि एउटा पेन्टिङजस्तो बनेको प्रतिक्रिया दिए। उनले फिल्मले एउटा पैतृक घरलाई बुकुरो शब्दले राम्रोसँग अर्थ्याएको बताए।

‘फिल्म हेरिरहँदा यसले मलाई पुरानो घरमा पुर्‍यायो। लक्ष्मी जीको अभिनयले मेरी आमालाई सम्झेँ,’ उनले भने।

फिल्ममा मानवीय समवेदनाका स–साना पललाई रमाइलो तरिकाले प्रस्तुत गरेको भन्दै उनले सानोमा खोलामा खेल्ने फुपु र भदैको बुढेसकालमा भेट हुनु, लोभी मामाको क्यारेक्टरजस्ता विषयले मन छुने र वास्तविकजस्तो बनाउने उनले उल्लेख गरे। 

 निर्माता तथा वितरक छविराज ओझाले पनि 'श्री बुकुरो'को उत्कृष्ट बनेको प्रतिक्रिया दिए। 

त्यस्तै, अभिनेता तथा निर्देशक जयकिशन बस्नेतले सिनेमालाई कुनै उपन्यास पढिरहेजस्तो भान भएको अनुभव सुनाए। फिल्ममा प्रत्येक कलाकारको अभिनय राम्रो गरेको उनले बताए। 

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको सिनेमा घरसँगै परिवार र समाजको कथामा बनेको छ। पुरानो थाकथलोलाई बचाइराख्नुपर्छ। साथै पारिवारिक सम्बन्ध र प्रेम जीवनमा चिना नमिल्दाको अड्चनलगायतका विषय समेटिएको छ।

यस फिल्मको मुख्य भूमिकामा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी छिन्। उनीसहित फिल्ममा आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, गीता थापा, सपना श्रेष्ठ लगायतको अभिनय छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad