कला


२ करोडनजिक पुग्यो फिल्म ‘आबाट आमा’को व्यापार

२ करोडनजिक पुग्यो फिल्म ‘आबाट आमा’को व्यापार

नेपालखबर
माघ २०, २०८२ मंगलबार १६:२७, काठमाडौँ

चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ले सुखद व्यापार गरेको छ। गत शुक्रबारदेखि रिलिज भएको यस फिल्मले १ करोड ९० लाख ग्रस कलेक्सन गरेको हो।

चलचित्र विकास बोर्डका अनुसार जुन मंगलबार दिउँसोसम्मको कमाइ हो। आज रातिसम्म फिल्मको कमाइ २ करोड पुग्ने स्रोतले जनाएको छ।

यस फिल्मले यतिखेर दर्शकहरूबाट समेत सकारात्मक प्रतिक्रिया पाइरहेको छ। वैदेशिक रोजगारको कथाले निकै मन छोएको भन्दै दर्शकहरू रुदै गरेका भिडिओहरू भाइरल भइरहेका छन्।

पारिवारिक कथामा आधारित यस फिल्मले आमाछोराबीचको गहिरो सम्बन्ध र त्यसमा जोडिने पीडा, माया र त्यागको कथा भन्छ। यस फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेतीलगायत कलाकारको अभिनय छ।

राम्रो व्यपाार गरेसँगै यतिखेर फिल्मको टिम हल भिजिटमा छ। आज फिल्मको कलाकारसहित निर्माण टिम पूर्वका हलहरूमा पुगिरहेको छ। 

सोहीदिनबाट बेनिशा हमालको ‘द ब्लु लाइट’  पनि रिलिज भएको थियो। जसमा खासै दर्शकहरुको उपस्थिति देखिएन। जसकारण निर्माताले हिजो एक विज्ञप्ति निकाल्दै फिल्मलाई तत्काल हलबाट उतारिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad