माघ १६ गतेबाट प्रदर्शनमा भइरहेको फिल्म ‘आ बाट आमा’का मुख्य कलाकार नेपालको पुर्वका दर्शक भेट्न गएका छन्। मंगलबार बिहानैदेखि इटहरी, धरान, विराटनगर, दमकका साथै बिर्तामोडका हलमा कलाकार टिम पुग्नेछन्।
शुक्रबारबाट हलमा लागेसँगै फिल्मका कलाकार पल शाह,विपना थापा,प्रदीप रावत,उषा उप्रेती,सिम्रन पन्त लगायत अन्य कलाकार हल भिजिटमा निस्किएका छन्। दर्शकले फिल्मको प्रशंसा गरिरहेका छन।
अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य रहेको छ। फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायत कलाकारको अभिनय रहेको छ।
निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ।
69
Shares

प्रतिक्रिया