पूर्वयुवराज्ञी हिमानी शाहले हलमा प्रदर्शनरत फिल्म ‘परान’ हेरेकी छिन्। शाहसहितको टिमले सोमबार बेलुका ८ बजे दरबार मलस्थित क्यूएफएक्स चेनको दरबार सिनेप्लेक्समा फिल्म ‘परान’ हेरेका हुन्।
फिल्म हेरेपछि हिमानीले फिल्म मन परेको बताएकी छिन्। उनले ‘परान’ मा नेपालीपन भएको फिल्म भन्दै प्रतिक्रिया दिएकी हुन्। साथै हरेक नेपालीले एकपटक हेर्नेुपर्ने उनको भनाइ छ।
दीपकप्रसाद आचार्यको डेब्यु निर्देशित फिल्म ‘परान’ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ। फिल्मले प्रदर्शनको दुई सातामा १० करोड हाराहारीमा व्यापार गरेको हो।चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार, गत कात्तिक २९ गतेसम्म फिल्मले नौ करोड ८६ लाख ९४ हजार ग्रस कलेक्सन गरेको छ। तेस्रो सातामा पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ।
सुरुमा फिल्मको व्यापार न्यून थियो। प्रदर्शनको पहिलो दिन फिल्मले ६ लाखको ओपनिङ गरेको थियो। तर, तीन९चार दिनपछि ‘माउथ पब्लिसिटी’ले गर्दा हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिन थाल्यो। दोस्रो साताको शनिबार मात्रै एक करोडभन्दा बढीको कमाइ गर्न सफल भयो।
फिल्मको मुख्य भूमिकामा अभिनेता नीर शाह छ्न्। शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यको अभिनय छ।
फिल्ममा चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको लगानी छ।
Shares

प्रतिक्रिया