कला


‘रोल नं. १’ को लागि बाल कलाकारको खोजी

‘रोल नं. १’ को लागि बाल कलाकारको खोजी

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १९:१०, काठमाडौँ

बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘रोल नं. १’ को लागि बाल कलाकारको अडिसन आह्वान गरेको छ। सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत अडिसन खोल्दै  ७ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ ।

गत वर्ष नै यो चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो। पोस्टरले नै चलचित्र बालमनोविज्ञानसँग सम्बन्धित रहेको स्पष्ट संकेत गरेको थियो ।

निर्माणपक्षका अनुसार ७ देखि ८ वर्षका ३ जना केटा बाल कलाकार, ६ देखि ७ वर्षकी १ जना केटी बाल कलाकार र ११ देखि १२ वर्षका २ जना केटा बाल कलाकार आवश्यक छन् ।

बाल कलाकारहरूको रङ गहुगोरो र उचाइ २.५ देखि ३ फिटसम्म हुनुपर्ने जनाइएको छ। इच्छुक बालबालिकाले सानो भिडियो क्लिप तयार गरी [email protected] इमेल वा WhatsApp नम्बर ९८६५११९३११ मा पठाउन सक्नेछन् ।

निर्माणपक्षले प्राप्त भिडिओहरूबाट सर्टलिस्ट भएका व्यक्तिहरूलाई फाइनल अडिसनका लागि सम्पर्क गर्ने बताएको छ ।

चलचित्रको कथा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताको प्रभाव वरिपरि केन्द्रित रहेको संकेत गरिएको छ।

जोन योञ्जनको कथा तथा निर्देशन रहेको फिल्ममा महेश दवाडीको पटकथा र संवाद हुनेछ।  प्रशान्त शिवाकोटीको संगीत रहनेछ । निर्माणपक्षले कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरेको छैन ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको अर्के चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad