नेकपा (मसाल) का महामन्त्री एवम् प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहकोे द्वैभाषिक कवितासङ्ग्रह ‘युगनृत्य’ विमोचन भएको छ।
शुक्रबार नेपाल वन प्राविधिक संघको आयोजनामा संघकै सभाकक्षमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले सो कवितासङ्ग्रह विमोचन गरे।
कार्यक्रममा लेखक सिंहले आफूले गत ७० वर्षमा लेखेको कविताको द्वैभाषिक कवितासङ्ग्रह प्रकाशन भएकोमा खुसी व्यक्त गरे।
उनले कम्युनिस्टको अन्तिम लक्ष्य समाजवाद र साम्यवाद भएको बताउँदै आफ्ना कविता त्यसैका लागि समर्पित रहेको धारणा राखे।
कार्यक्रममा कवितासङ्ग्रहभित्रको ‘म बाध्य छु’ शीर्षकको नेपाली र अङ्ग्रेजी भाषामा वाचन गरिएको थियो।
जनशिक्षा गृहले प्रकाशन गरेको सो कवितासङ्ग्रहमा २७ ओटा कविता समेटिएका छन्। पुस्तकमा सबै कविताको अङ्ग्रेजी अनुवाद सँगै राखिएको छ।
सङ्ग्रहमा पहिलो कविता २००८ सालमा लेखिएको ‘म बाध्य छु’ रहेको छ भने पछिल्लो कविता २०३६ सालमा लेखिएको ‘गङ्गाकावेरी एक्सप्रेस’ लाई समेटिएको छ।
१०४ पृष्ठको उक्त पुस्तकको मूल्य १६० रुपैयाँ तोकिएको छ।
Shares

प्रतिक्रिया