बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’को चौथो संस्करणको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्।
शनिबार राति भएको फिनालेमा कोच मेलिना राई टिमबाट उनले उपाधि जितेकी हुन्।
भोटका आधारमा उपाधि विजेता घोषणा गरिएको हो। विजेता बनेसँगै सोनालीले १० लाख रूपैयाँ नगद र अन्य पुरस्कार जितेकी छन्।
‘द भ्वाइस किड्स’ मा यस पटक सत्यराज आचार्य, मिलन नेवार, खेम सेञ्चुरी र मेलिना राई कोच थिए।
उपाधिका लागि हरेक कोचको टिमबाट २ र २ जना गरेर ८ जनाले फिनालेमा भिडेका थिए।
441
Shares

प्रतिक्रिया