अहान पाण्डे र अनीत पड्डा अभिनीत बलिउड फिल्म ‘सैयारा’ ले आक्रामक कमाइ गरिरहेको छ। पहिलो साता फिल्मले भारतभर १ सय ७२ करोड ७५ लाख भारतीय रुपैयाँको व्यापार गरेको थियो।
दोस्रो हप्तामा पनि व्यापारको रफ्तार रोकिएको छैन। प्रदर्शनको १० औं दिनसम्म फिल्मको कमाइ २ सय करोड ४७ लाख भारु पुगेको छ।
यस फिल्मले पहिलो दिन २१.५ करोड भारुको ओपनिङ गरेको थियो। शनिबार २६ करोड कमाउँदा आइतबार भने ३५.७५ करोड कमाएको थियो। सोमबार २४ करोड कमाउँदा मंगलबार भने २५ करोड कलेक्सन गर्यो। बुधबारको २१.५ करोड कलेक्सन गर्दा बिहिबार फिल्मले १९ करोड भारु कमाएको छ।
दोस्रो हप्तामा प्रवेश गरेसँगै गत शुक्रबार फिल्मले १८ करोड भारु कलेक्सन गर्यो। शनिबार २६.५ करोड कमाउँदा आइतबार बिदाको दिन ३० करोड कमाएको प्रारम्भिक आकलन छ।
४५ करोड बजेटमा निर्माण भएको यस फिल्मले विश्वभर भने २८० करोडको आकडा पार गरिसकेको छ। यो फिल्म सन् २०२५ मा उत्कृष्ट फिल्म मात्रै बनेन्। नयाँ कलाकार अभिनीत सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म पनि हो। यशराज फिल्म्सको ब्यानरमा बनेको यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन्। अहान र अनीतको अभिनयको पनि निकै तारिफ भइरहेको छ।
प्रेमकथा फिल्मबाट चर्चामा आएका सुरीका ‘एक भिलेन रिटर्न,’ ‘आशिकी २’, ‘आवारापन’ र ‘एक भिलेन’ हिट फिल्म हुन्। सामाजिक सञ्जालमा राम्रो फलोइङ भएका अहानको यो डेब्यु फिल्म हो। अनीतले काजोलसँग वेब सिरिज ‘बिग गल्र्स डोन्ट क्राइ’ र फिल्म ‘सलमा भेन्की’ मा देखिसकेकी छिन्।
Shares

प्रतिक्रिया