कला


‘अभिमन्यु: च्याप्टर १’ को पोस्टर सार्वजनिक

‘अभिमन्यु: च्याप्टर १’ को पोस्टर सार्वजनिक

नेपालखबर
साउन १२, २०८२ सोमबार १३:२७, काठमाडौँ

फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को पोस्टर सार्वजनिक भएको छ। निर्माणपक्षले आज फिल्मका दुईवटा पोस्टर सार्वजनिक गरेको हो। खुसी र तनाववकाे अवस्था देखाइएको पोस्टरमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन् ।

एउटा पोस्टरमा मुख्य कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहितका कलाकार फिचर्ड छन्। याे पाेस्टरमा किरणबाहेक सबै कलाकार तनावमा देखिन्छन्।

अर्को पोस्टर मुख्य दुई कलाकार कामेश्वर र लक्ष्मीलाई देख्न सकिन्छ। कुनै मन्दिरमा आरती सल्काउँदै गरेका उनीहरू प्रशन्न मुद्रामा देखिन्छन्। यी दुई पोस्टरले क्यारेक्टर लुक्सलाई चित्रण गर्न खोजेको देखिन्छ।

केही दिन अगाडि यो चलचित्रको मोसन टिजर सार्वजनिक गरिएको थियो। मोसन टिजरले पैसाका लागि हुने संघर्षलाई संकेत गरेको थियो।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यो फिल्म भदौ २७ गते रिलिज हुँदैछ। हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ। हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिए।


फिल्ममा पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा छ। पोस्टप्रोडक्सनमा रहेको फिल्मको मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन्।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन्। फिल्मको निर्माता भने विनोद पौडेल र गुञ्जन गिरी हुन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad