कला


नेपालमा पहिलोपटक हुँदै ‘हरर’ चलचित्र महोत्सव

नेपालमा पहिलोपटक हुँदै ‘हरर’ चलचित्र महोत्सव

नेपालखबर
साउन ५, २०८२ सोमबार १४:५४, काठमाडौँ

नेपालमा पहिलो पटक ‘हरर’, काल्पनिक र लोककथा चलचित्र महोत्सव आयोजना हुने भएको छ।

अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म महोत्सव आयोजना हुन लागेको हो। 

 महोत्सवका निर्देशक रसिक पाठकका अनुसार, नेपालमा यी बिधाका चलचित्र खासै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सव मार्फत यस्ता बिधाका चलचित्रहरुलाई देशमा प्रचार प्रसार गर्न आयोजना गर्न लागिएको हो।

नेपालमा यस्ता चलचित्र निमार्णका लागि महोत्सवले थप वातावरण बनाउन सजिलो बनाउने उनको भनाइ छ।  

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (नीफ) को सह–आयोजनामा महोत्सव हुन लागेको पाठकले बताए। महोत्सव गर्नुको मुख्य उदेश्य भनेको नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित चलचित्रहरूलाई प्रवद्र्धन गर्ने र यी विधाहरूका लागि दर्शकहरू बढाउन मद्दत गर्ने लक्ष्य हो।

महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेछ भने सो प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्म लाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ। यसका साथै  चलचित्रहरुको लागि आवेदन पनि खुल्ला गरिएको पाठको भनाई छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad