कला


सम्बन्ध विच्छेद गर्दै एलिनाले भनिन् : मैले पाउने सम्पत्ति तिम्रै प्रगतिका लागि छोडेको छु

सम्बन्ध विच्छेद गर्दै एलिनाले भनिन् : मैले पाउने सम्पत्ति तिम्रै प्रगतिका लागि छोडेको छु

नेपालखबर
माघ २९, २०८१ मंगलबार १६:२१, काठमाडौँ

गायिका एलिना चौहानले पति विष्णुसँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छन्।

मंगलबार काठमाडौँ जिल्ला अदालतबाट एलिना र विष्णुले पारपाचुके गरेका छन्।

सम्बन्ध विच्छेदपछि आफूले पाउने सम्पत्ति नलिने एलिनाले बताइन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।’

अदालतबाट बाहिरिएलगत्तै उनले पूर्वपति विष्णु सापकोटालाई सम्बाेधन गर्दै प्रगतिको शुभकामना समेत दिएकी छन्।

उनले लेखेकी छन् : 

प्रिय विष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु। (माघ २९)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad