कला


छुरा प्रहारपछि पहिलोपटक काममा फर्किए सैफ अली खान

छुरा प्रहारपछि पहिलोपटक काममा फर्किए सैफ अली खान

नेपालखबर
माघ २८, २०८१ सोमबार १३:२१, काठमाडौँ

भारतीय अभिनेता सैफ अली खान काममा फर्किएका छन्। चक्कु प्रहार भए आक्रमणपछि उनी पहिलोटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन्।  

अभिनेतालाई मंगलबार नेटफ्लिक्समा भएको नेक्स्ट कार्यक्रममा उनको नयाँ फिल्म ‘ज्वेल थीफः द हीस्ट बिगिन्स’ को टिजर सार्वजनिक कार्यक्रममा देखिएका थिए। 

यस कार्यक्रममा सैफ हातमा प्लास्टर र घाँटीमा पट्टी बाँधेर पुगेका थिए। अस्पतालबाट डिस्चार्ज भएको लगभग एक हप्ता पछि यो कार्यक्रम भएको थियो। यस क्रममा उनका सह(अभिनेता जयदीप अहलावत पनि उनीसँगै सामेल भए।

जहाँ सैफले आफू काममा फर्किँदा खुसी लागेको बताए। कार्यक्रममा सैफले भने, ‘यहाँ तपाईंहरू सबैको अगाडि उभिएर धेरै राम्रो महसुस भइरहेको छ। यहाँ हुन पाउँदा धेरै राम्रो महसुस भइरहेको छ। म यो फिल्मलाई लिएर धेरै उत्साहित छु। सिद्धार्थ र म यसबारे धेरै समयदेखि कुरा गर्दै आएका छौं। म सधैं यस्तो फिल्म गर्न चाहन्थें र यो भन्दा राम्रो सह(अभिनेता अरु अभिनेता आशा गर्न सक्दिनँ।’

जयदीपले पनि घाइते भएर पनि कामलाई प्राथमिकता दिएको भन्दै सैफको प्रशंसा गरे। उनले भने ‘मलाई थाहा छ उनी धेरै घाइते थिए। मैले उसको घाउ र ती सबै गहिरो घाउहरू देखेको छु। यो राम्रो हो कि उसले यसलाई सही तरिकाले लिएर काममा फर्किए। उनले आफ्नो कामलाई प्राथमिकता दिए। उनका केही चोटहरू निकै गम्भीर थिए, तर उनी अझै पनि काममा फर्किए। त्यसैले उनको छिटो निको भएको देखेर मानिसहरू छक्क पर्न थाले। जबकि यो हुनु हुँदैन।’

‘ज्वेल थीफः द हीस्ट बिगिन्स’ निर्देशक तथा निर्माता सिद्धार्थ आनन्दद्वारा निर्माण गरिएको हो। फिल्ममा सैफ र जयदीपसहित कुणाल कपूर र निकिता दत्ता लगायतको अभिनय छ। यो फिल्म चाँडै नै ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad