कला


दुबईमा गायक सुजन चापागाईंले ब्यान्डसहित प्रस्तुति दिने

दुबईमा गायक सुजन चापागाईंले ब्यान्डसहित प्रस्तुति दिने

नेपालखबर
माघ ७, २०८१ सोमबार १४:७, काठमाडौँ

चर्चित गायक सुजन चापागाईंले यूएईको दुबईमा लाइभ प्रस्तुति दिने भएका छन्। उनले आगामी जेठ १८ अर्थात १ दुबईको अल–नासार लिजरल्याण्डमा लाइभ ब्यान्डसहित प्रस्तुति दिन लागेका हुन्।

आयोजक निपफिल्म्सले सोमबार सुजनको कन्सर्ट मिति घोषणा गर्दै प्रस्तुति मिति घोषणा गरेको हो। निपफिल्म्सले टिम पालाजसँगको सहकार्यमा यो कन्सर्ट गर्न लागेको हो। 

मध्यपूर्वका अन्य मुलुकमा पनि सांगीतिक टुरको पहल भइरहेपनि अहिलेलाई दुबईको मिति मात्र तय भएको निपफिल्म्सले जनाएको छ। 
पछिल्लो समयका चर्चित गायक सुजनको यो दोस्रो अन्तर्राष्ट्रिय टुर हो। सन् २०२३ मा उनले अस्ट्रेलियामा कन्सर्ट गरेका थिए। 

अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलका साझेदार समेत रहेको निप फिल्म्सका प्रमुख ढकालले सुजनकै संगीत रहेको फिल्म ‘ऊनको स्वीटर’लाई मध्यपूर्वमा वितरणको जिम्मा लिएको छ। जुन फिल्म वैशाख २६ गते रिलिज हुँदैछ। 

यस फिल्ममा समावेश ‘मखमली’ केही समयअघि नेपालसहित अस्ट्रेलिया र मध्यपूर्वका देशमा युट्युब ट्रेन्डिङमा थियो। साथै यसअघि सार्वजनिक भएको ‘एक्लै भए नि’ गीत पनि निकै चलेको थियो। 

‘तीनपाते’ बाट चर्चामा आएका सुजनले गाएका एक्लै भए नि, बाफ, घुमीघुमी, गाला पुक्क, फूलथुङ्गे रानी लगायतका गीतहरु हिट छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad