समर निरौला निर्देशित फिल्म ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक भएको दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डर मिश्रित भावमा केही हेरिरहेकी छन्। उनको छेउमा कालो बिरालो समेत देखिन्छ।
घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती र बाल कलाकार आयुषी ढकाल र जेभिस श्रेष्ठको तस्वीर देख्न सकिन्छ। फोटो फ्रेमको काँच फुटेको देखिन्छ। त्यसबाट घरमा रहेको नकारात्मक शक्तिले आक्रमण गरेको बुझिन्छ।
सार्वजनिक यो पोस्टरले दर्शकमाझ सिनेमा प्रति कौतुहल्ता पैदा गर्ने विश्वास निर्माण टिमको छ। यस हरर फ्यामिली ड्रामा मा प्रियंकासँगै दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका छ। साथै समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ। निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन्। ‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ।
काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले फिल्मलाई वितरण गर्दैछन्। यो फिल्म २५ माघदेखि रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया