कला


२० घण्टा हिरासतमा बिताएर अल्लु अर्जुन घर फर्किंदा भावुक भइन् पत्नी (भिडिओ)

२० घण्टा हिरासतमा बिताएर अल्लु अर्जुन घर फर्किंदा भावुक भइन् पत्नी (भिडिओ)

हिरासतबाट फर्किएपछि एकअर्कालाई अंकमाल गर्दै अल्लु अर्जुन दम्पती। तस्बिर : सामाजिक सञ्जाल


नेपालखबर
मंसिर २९, २०८१ शनिबार १३:१२, काठमाडौँ

शुक्रबार रातभर हिरासतमा बिताएर साउथ सुपरस्टार अल्लु अर्जुन शनिबार बिहान आफ्नो घर पुगेका छन्।

२० घण्टापछि घर आइपुगेका आफ्ना पतिलाई देखेर अल्लु अर्जुनकी पत्नी स्नेहा रेड्डी स्तब्ध भइन्। 

उनले पतिलाई देख्नेबित्तिकै अँगालो हालिन्।

उनीहरूको यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

हेर्नुहोस् भिडिओ-

केही दिनअघि भारतको हैदराबादमा ‘पुष्पा-२’ को प्रिमियर सोका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि अभिनेता अल्लु अर्जुनलाई प्रहरीले शुक्रबार दिउँसो उनकै घरबाट पक्राउ गरेको थियो।

त्यसपछि अपराह्न ४ बजे उनलाई हैदराबादको स्थानीय अदालतमा पेस गरिएको थियो, जसले उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको थियो।

तर यसविरुद्ध उनले तेलंगना उच्च अदालतमा पुनरावेदन गरे र शुक्रबार साँझ नै अदालतले धरौटीमा रिहाको आदेश दिएपछि उनी शनिबार बिहान छुटेका हुन्। 

यस्तो थियो घटना 
यही डिसेम्बर ४ मा हैदरावादको एक थिएटरमा उनको फिल्म ‘पुष्पा २’ को प्रिमियरका क्रममा भागदौड मच्चिएको थियो।

त्यस क्रममा थिचिएर रेवती नामकी ३५ वर्षीया महिलाको मृत्यु भएको थियो भने उनका छोरा १३ वर्षीय श्रीतेज गम्भीर घाइते भएका छन्। उनको उपचार जारी छ। 

आफू आउने जानकारी नदिई आउँदा भागदौड मच्चिएको र त्यस्तो घटना भएको आरोप अभिनेता अल्लु अर्जुनलाई लागेको हो।

घटनापछि प्रहरीले उनीसहित उनको व्यवस्थापन टोलीविरुद्ध नै जाहेरी दर्ता गरेको थियो। 

मृतकको परिवारको उजुरीका आधारमा प्रहरीले अभिनेता अल्लु, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध चिक्कडपल्ली पुलिस स्टेसनमा भारतीय न्याय संहिता (बीएनएस) को धारा १०५ र ११८ (१) अन्तर्गत जाहेरी दर्ता गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad