कला


बाल साहित्यकार रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिने

बाल साहित्यकार रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिने

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १२:३४, काठमाडौँ

चर्चित बाल सायित्यकार तथा गीतकार रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ दिने घोषणा गरिएको छ। त्रिमूर्ति निकेतनले स्रष्टा सुवेदीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। 

निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंद्वारा निकालिएको विज्ञप्तिअनुसार ६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै छन्दकविताको रचना र छन्दकाव्यको प्रचार अभियानमा संलग्न रही त्यस क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा सुवेदीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

७७ वर्षीय रामबाबुका घान्द्रुक झलल, पानी पानी, भँगेरी, नेपाल आमा, आमाजस्ती गुरुमा, म हुँ फलाम, बगैँचाकी चरि, सहिदकी छोरी, इलमी र अल्छे, आफ्नै आमा जाती, जूनकिरी लगायतका ४ सय बालसामाग्रीहरु प्रकाशित भइसकेका छन्। पछिल्लोपटक रामबाबु युट्युबमार्फत आफ्ना रचनाहरु पस्किरहेका छन्।

प्रसिद्ध नाटककार र साहित्यकार बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्त्वपूर्ण दस्तावेज प्रस्तुत गर्दै नेपाली भाषासाहित्यको सेवामा समर्पित सर्जक प्रा।डा।सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ र भाषासाहित्यको श्रीवृद्धिमा साधनारत डा। बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने छ। 

निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ। तीनै जनालाई पुरस्कारसहित जनही नगद एक लाख रुपैयाँ समेत प्रदान गरिनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad