कला


चलचित्र विकास बोर्डमा पटकथा संग्रहालयको शुभारम्भ

चलचित्र विकास बोर्डमा पटकथा संग्रहालयको शुभारम्भ

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १२:५९, काठमाडौँ

नेपालमा पहिलोपटक औपचारिक रुपमा पटकथा संग्रहालयको सुरुवात भएको छ। चलचित्र विकास बोर्डमा बुधबार आयोजित कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संग्रहालयको शुभारम्भ गरेका हुन्। 

जहाँ ७ जना फिल्म लेखक तथा निर्माताले मन्त्री गुरुङलाई पटकथा हस्तान्तरण गरे। ‘कबड्डी ४’ का निर्माता रामबाबु गुरुङ, ‘छक्कापञ्जा ५’ निर्देशक दीपाश्री निरौला, ‘बोक्सीको घर’ की निर्मात्री केकी अधिकारी, ‘अन्तराल’ निर्देशक दीपा बस्नेत, ‘नाङ्गो गाउँ’ निर्देशक दीपेन्द्र लामा, ‘चिसो मान्छे’ निर्देशक दीपेन्द्र के खनाल र ‘दुई नम्बरी’ फिल्मका निर्माता किरण नेपालीले स्क्रिप्ट बुझाए। 

जुन स्क्रिप्टलाई मन्त्री गुरुङले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई प्रदान गरेका थिए। प्राप्त पटकथालाई डिजिटल अभिलेखको रुपमा राखिने अध्यक्ष डीसीको भनाइ छ।
 

हिजो भएको समारोहमा ७२ जना फिल्मकर्मीलाई विशिष्ट चलचित्रकर्मीको परिचयपत्र समेत प्रदान गरिएको थियो। एकवर्षभित्रै चलचित्र ऐन लागु गर्ने सरकारको तयारी रहेको मन्त्री सुब्बाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad