कला


वडा कार्यालयले दलित समुदायलाई निःशुल्क देखायो ‘पूर्णबहादुरको सारंगी’

वडा कार्यालयले दलित समुदायलाई निःशुल्क देखायो ‘पूर्णबहादुरको सारंगी’

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १५:६, काठमाडौँ

दाङ तुलसीपुर उपमहानगरपालिकाको एक वडाले ‘पूर्णबहादुरको सारंगी’ निःशुल्क हेर्ने व्यवस्था गरेको छ।

वडा नम्बर ११ का अध्यक्ष मानबहादुर रावतले दलित समुदायका ६५ जनालाई निःशुल्क चलचित्र हेर्ने अवसर दिएका हुन्।

वडामा दलित सशक्तिकरणका लागि वडा कार्यालयले नारायणपरको एक फिल्म हलमा ६५ जनाका लागि टिकट काटिदिएको हो।

साथै, वडाले सहभागीहरूलाई बस रिजर्व गरेर यातायातको सुविधासहित नास्ता खर्चसमेत उपलब्ध गराएको हो। उनले दलित सशक्तिकरण शीर्षकको बजेटबाट चलचित्र हेर्ने व्यवस्था मिलाएका हुन्।

नेपाली चलचित्र उद्योगको विकास र प्रवर्द्धनका लागि पनि वडाले आफ्नो क्षेत्रका नागरिकलाई चलचित्र हेर्ने अवसर दिएको उनले सुनाए।

चलचित्रलाई केवल मनोरञ्जनको साधनका रूपमा मात्र नभई समाजमा रहेका विभिन्न समस्याहरूको समाधान र चेतना विस्तार गर्ने माध्यमका रूपमा हेर्न आवश्यक रहेको उनको भनाइ छ।  

बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको यस फिल्ममा विजय बराल मुख्य भूमिकामा छन्। फिल्मले गन्धर्व समुदायको कथालाई प्रस्तुत गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad