कला


सलमानलाई लरेन्स गिरोहबाट फेरि धम्कीः हिम्मत छ भने उसलाई बचाऊ

सलमानलाई लरेन्स गिरोहबाट फेरि धम्कीः हिम्मत छ भने उसलाई बचाऊ

फाइल तस्बिर: सलमान खान र गुन्डा नाइके लरेन्स बिश्नोई


नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार २०:३९, काठमाडौँ

बलिउड अभिनेता सलमान खानलाई फेरि एकपटक लरेन्स बिश्नोई गिरोहबाट धम्कीपूर्ण सन्देश आएको छ। मुम्बईको ट्राफिक कन्ट्रोल रुममा सलमानका लागि धम्कीको सन्देश आएको हो। 

कुरा बिहीबार राति १२ बजेतिरको हो। यसमा ‘सलमान खान र लरेन्स बिश्नोई’का विषयमा गीत लेखिएको  र त्यो गीत लेख्ने व्यक्तिलाई नछाड्ने धम्की दिइएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसा धम्कीमा लेखिएको छ– एक महिनाभित्र गीत लेख्नेलाई मारिनेछ, गीत लेख्नेको अवस्था यस्तो हुनेछ कि उसले आफ्नो नाममा सी पनि लेख्न पाउने छैन। सलमानमा हिम्मत छ भने उसलाई बचाऊ। 

यस मामिलामा मुम्बईको वर्ली पुलीले एक अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ। जुन नम्बरबाट त्यस्तो धम्की आएको छ, त्यसको खोजीमा प्रहरी जुटेको छ। तर धम्कीमा त्यो कुन गीत हो र कसले लेखेको हो भन्ने विषयमा केही बताइएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad