कला


फिल्म 'ताण्डवम्'को प्रदर्शन मिति तोकियो

फिल्म 'ताण्डवम्'को प्रदर्शन मिति तोकियो

नेपालखबर
असोज २७, २०८१ आइतबार १४:१९, काठमाडौँ

नेपाली सिनेमाका कलरिस्ट जुनिम गहतराजको डेब्यु निर्देशन रहेको फिल्म 'ताण्डवम्'को प्रदर्शन मिति तय भएको छ। यो फिल्म भ्यालेन्टाइन डे अर्थात् फागुन २ गतेलाई रिलिज हुनेछ।

गत वर्ष माघमा छायांकन गरिएको फिल्मको हाल पोस्ट प्रोडक्सन चलिरहेको छ। यही सिनेमाबाट कलरिस्ट जुनिमले अभिनय र निर्देशनमा डेब्यु गरेका हुन्। 

सिनेमामा उनको जोडी डेब्यु अभिनेत्री सरिना मगरसँग बाँधिएको छ। सिनेमामा जुनिम र सरिनासँगै अंकित खड्का, पुस्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डेलगायत कलाकारको अभिनय छ। 

सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन छ। सिनेमाको कथा,पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

जुनिमले 'पानीफोटो', 'पशुपति प्रसाद २ : भष्मेडन', 'खुस्मा', 'चिसो मान्छे' र 'परस्त्री'लगायतका दर्जन बढी सिनेमामा कलरिस्टका रूपमा काम गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad