कला


अभिनेत्री निया शर्मा ‘बिग बोस १८’ को हिस्सा नहुने

अभिनेत्री निया शर्मा ‘बिग बोस १८’ को हिस्सा नहुने

नेपालखबर
असोज २०, २०८१ आइतबार १५:२२, काठमाडौँ

चर्चित भारतीय रियालिटी शो ‘बिग बोस १८’ को प्रसारण आज (आइतबार) बाट सुरु हुँदैछ। राति ९ बजे शोको ग्राण्ड प्रिमियर हुने भए पनि यो सिजन सुरु हुनुअघि नै फ्यानलाई ठूलो झट्का लागेको छ।

‘बिग बोस १८’ सुरु अघिबाटै अभिनेत्री निया शर्मा शोमा सहभागी हुने चर्चा थियो। तर, अब नियाले नै सो शोमा सहभागी नहुने कुरा बताएकी छिन्। उनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर फ्यानलाई यो जानकारी दिएकी हुन्।

‘मैले निराश पार्ने सबै फ्यान र शुभचिन्तकहरूलाई माफी चाहन्छु। तपाईको समर्थन देखेर म सधैं खुशी महसुस गर्छु। तपाईंको मायाले मलाई घर भित्र जान बाध्य बनायो,’ उनले लखेकी छिन् ‘तपाईंले मलाई गत १४ वर्षमा मैले के कमाएँ भनेर महसुस गराउनुभयो। म भन्न चाहन्न कि मैले रमाइलो गरिनँ र ध्यान दिएन। तर, कृपया मलाई दोष नदिनुहोस्। त्यो म थिइनँ।’

तर, यो मामिलामा अर्को ट्वीस्ट छ। प्रतियोगितमा हिस्सा नहुने भएपनि बिग बोसका अनुसार निया केही दिनको लागि शोमा अतिथिको रुपमा प्रवेश गर्नेछिन्। यी दुवै खबर बाहिर आएपछि केही प्रयोगकर्ताले नियालाई ट्रोल गरेका छन् भने केहीले अभिनेत्रीलाई समझदार भनेका छन्।

‘खतरों के खिलाड़ी’ को फिनालेबाट निया बिग बोसको घरमा प्रवेश गर्ने चर्चा भएको थियो। रोहित शेट्टीले फिनालेको स्टेजमा यस सिजनका फाइनल प्रतियोगिमध्ये एक ‘बिग बोस’ मा जानेछन् भनेर घोषणा गरेका थिए। नियाको नाम लिँदै रोहितले उनलाई बधाई दिए। निया यो कुरामा सहमत भइन् र शोमा जान राजी भइन्। 

३४ वर्षीया निया ‘नागिन ४’, ‘जमाई राजा’ र ‘इश्क मे मरजावान’ जस्ता टेलिसिरियलमा काम गरिसकेकी छिन्।

उनले सन् २०१० मा स्टार प्लसको टिभी शो ‘कालीएक अग्निःपरीक्षा’ बाट अभिनयमा डेब्यु गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad