ad ad

कला


पोखरामा गुञ्जिदै नितेश जंग कुँवर

पोखरामा गुञ्जिदै नितेश जंग कुँवर

नेपालखबर
भदौ २६, २०८१ बुधबार १२:१२, काठमाडौँ

गायक नितेश जंग कुँवरले पोखरामा प्रस्तुती दिने भएका छन्। यही शुक्रबार झण्डै डेढ वर्षपछि नितेश सार्वजनिक रुपमा साँगीतिक प्रस्तुति दिन लागेका हुन्। 

नितेश पोखरास्थित लेकसाइडमा रहेको किङ्ग्स लाउन्जमा गुञ्जिदैछन्। यो कार्यक्रममा नितेशसँगै समृद्धि राईको पनि प्रस्तुती रहनेछ। 

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)ले आयोजना गर्न लागेको कार्यक्रममा नितेशले ‘फ्लर्टी माया’, ‘म पागल’, ‘माया सस्तो’, ‘सम्हाली राख न’, ‘खोलै खोला’, ‘हितैको माया’लगायतका आफ्ना चर्चित गीत सुनाउनेछन्।

नितेश यतिबेला उनको इपी ‘जेमिनी’को तयारीमा छन्। ‘जेमिनी’ सार्वजनिक गरेपछि उनी यसै वर्ष युरोप टुरको तयारी गर्दैछन्।

पीभीई नेटवर्कमा विकेश कायस्थ, स्टिभ देवान र सुमन महर्जन श्रेष्ठ छन्। पीभीई नेटवर्कका अनुसार पोखरामा नितेशको कार्यक्रम हुने निश्चित भएपछि उनका फ्यान उत्साहित छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .