ad ad

कला


‘रावायण’ को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक (भिडिओ)

‘रावायण’ को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक (भिडिओ)

नेपालखबर
भदौ १७, २०८१ सोमबार १७:३४, काठमाडौँ

शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’ को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सोनु कक्कर र समिर चौरासियाको स्वर सुन्न सकिन्छ।

प्रदीप श्रीवास्तवको शब्द रहेको गीतमा रेवन आरती सिंहको संगीत छ।  

गीतको भिडिओमा पल शाह, प्रकाश शाह, कैलाश रावल र निकिता चण्डकको नृत्य छ।

गीतमा निकितालाई निकै ग्ल्यामर लुक्समा देखाइएको छ। कलाकार प्रकाशको तराईं मूलको गेटअप आकर्षक देखिएको छ। गीतमो बीचमा नायक पल शाहको प्रवेश पनि रोचक छ। भिडिओलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन्।  

गीतमा अनामिक चौहानको म्यूजिक प्रोडक्सन र एरेन्ज छ। गीत भारतको मुम्बईस्थित कैलाश स्टुडियोमा रेकर्ड गरिएको हो।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन्। फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन्।

फिल्ममा पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठ लगायतको अभिनय छ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट छ सौरभ लामाले खिचेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .