ad ad

कला


श्रद्धा र राजकुमार स्टारर फिल्म ‘स्त्री २’ को हालसम्मको कमाइ कति?

श्रद्धा र राजकुमार स्टारर फिल्म ‘स्त्री २’ को हालसम्मको कमाइ कति?

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १२:६, काठमाडौँ

श्रद्धा कपुर र राजकुमार राव अभिनित बलिउड फिल्म ‘स्त्री २’ दोस्रो सातामा पनि आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले १२ औँ दिनमा घरेलु बक्सअफिसमा कुल ४२१.८५ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। 

७६.५ करोड भारुको ओपनिङ गरेको यस हरर कमेडी फिल्मले पहिलो र दोस्रो सप्ताहन्तमा बक्स अफिसमा तहल्का पिटिरहेको छ। ११ दिनमै घरेलु बक्स अफिसमा ४०० करोड भारुको आँकडा पार गरेको थियो।

पहिलो साता ३०७.८० करोड भारु कमाएको यस फिल्मले दोस्रो विकेन्डमा ९३.८५ लाख भारु कमाएको थियो। योसँगै ‘स्त्री २’ ले दोस्रो विकेन्डमा सर्वाधिन कमाई गर्ने फिल्मको रेकर्ड कायम गरेको छ। यसअघि ‘गदर २’ ले दोस्रो विकेन्डमा ९०.८५ कमाउँदै रेकर्ड राखेको थियो। 

प्रदर्शनको १२ औं फिल्मले विदेशी बजारमा पनि ८५.५ करोडको व्यापार गरेको छ। योसँगै फिल्मको विश्वव्यापी कमाई ५६० भारु करोड पुगेको छ।
यो फिल्म घरेलु बक्सअफिसमा यसवर्षको सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म समेत हो।

‘स्त्री’को दोस्रो श्रृखंलामा अपारशक्ति खुराना, अभिषेक बनर्जी र पंकज त्रिपाठीको पनि अभिनय छ।

यो फिल्म २०१८ को हिट हरर कमेडी चलचित्र ‘स्त्री’ को सिक्वेल हो, जसले दर्शकलाई धेरै हँसाएको र डराएको थियो। ‘स्त्री २’ लाई ‘स्त्री’बाट निर्देशनमा डेब्यु गरेका अमर कौशिकले निर्देशन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .