ad ad

कला


‘रावायण’ प्रमोसनमा जुट्यो निर्माण टिम

‘रावायण’ प्रमोसनमा जुट्यो निर्माण टिम

नेपालखबर
भदौ १०, २०८१ सोमबार १४:१४, काठमाडौँ

भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ले प्रचारप्रसारको कामलाई तिव्रता दिएको छ। फिल्मले सुरुवाती चरणमा विशेषत कलेजका युवा दर्शकमाझ प्रचारप्रसार गरिरहेका छ्न। 

फिल्मका निर्देशक र कलाकारको टिम यतिबेला प्रमोसनमा व्यस्त छन्। यसैक्रममा आइतबार फिल्मको टिमले टेक्सास कलेजका विद्यार्थीमाझ प्रचार गरेको छ।

फिल्मका निर्देशक सुदर्शन थापा, निर्मात्री तथा अभिनेत्री पूजा शर्मा, प्रमोद अग्रहरि र प्रकाश शाहले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा फिल्मबारे जानकारी दिए।

निर्देशक सुदर्शन थापाले ‘रावायण’को कथावस्तु अहिलेको युवापुस्ताका लागि फरक लाग्ने बताए। उनले ‘रामायण’को सुरुवात रामले गरे जस्तै ‘रावायण’को सुरुवात रावणले गर्ने जनाए।

निर्मात्री अभिनेत्री पूजा शर्माले दर्शकले आफ्ना अघिल्ला फिल्मलाई साथ दिएजस्तै ‘रावायण’लाई पनि साथ दिनेमा आफू ढुक्क रहेको बताइन्।

कार्यक्रममा प्रमोद र प्रकाशले फिल्ममा आफूले बोलेको संवाद सुनाएका थिए। 

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन्। फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन्।

फिल्ममा पूजा, प्रमोद र प्रकाशसहित पल शाह, प्रियंका कार्की, निकीता चण्डक, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन छ। फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .