ad ad

कला


अर्जुन कुमारको फिल्म ‘सानो संसार’ असोज ११ गतेबाट प्रदर्शन हुने

अर्जुन कुमारको फिल्म ‘सानो संसार’ असोज ११ गतेबाट प्रदर्शन हुने

नेपालखबर
भदौ ९, २०८१ आइतबार १३:३०, काठमाडौँ

अर्जुन कुमारको लगानीमा बनेको फिल्म ‘सानो संसार’ को प्रदर्शन मिति हेरफेर भएको छ। 

यसअघि असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा रहेको यो फिल्म अब एक हप्ता अगाडि असोज ११ गते प्रदर्शनमा आउनेछ।

निर्माता अर्जुन कुमारले फेसबुकमार्फत एक पोस्टर सेयर गर्दै फिल्म प्रदर्शनको विषयमा जानकारी दिएका छन्।

 ‘हाम्रो सिनेमा ‘सानो संसार’ अब एक हप्ता अगाडी असोज ११ गते अर्थात् सेप्टेम्बर २७ बाट रिलिज हुने जानकारी गराउँदछु। अगामी दिनमा यहाँहरु सवैको सहयोगको अपेक्षा गर्दछौँ,’उनले लेखेका छन्। 

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेना मुख्य भुमिकामा छिन्। फिल्ममा सीतासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहनेछ। यी सवै कलाकारले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

यो फिल्म राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा निर्माण भएको छ। सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले रहेका छन्। 

फिल्मलाई सिद्धार्थ पुडार्सनीले सिनेमालाई निर्देशन गरेका हुन्। यसै फिल्मबाट उनले लेखन तथा निर्देशनमा डेब्यु गर्दैछन्। उनलाई फिल्मको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .